दफा २७
आयोगको बजेट व्यवस्थापन
(१) निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रण गर्ने प्रयोजनका लागि आयोगको खर्चको व्ययभार सङ्घीय सञ्चित कोषबाट हुनेछ ।
(२) आयोगलाई प्राप्त हुने बजेटको व्यवस्थापन आयोगले गर्नेछ ।
(३) आयोगलाई निर्वाचन प्रयोजनको लागि छुट्याइएको बजेट प्रचलित कानून बमोजिम खर्च गर्नु पर्नेछ ।